आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३५ पैसा र बिक्रीदर २१ रुपैयाँ ४५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६७ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६० रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

















सन्दर्भ अन्तरराष्ट्रिय महिला दिवसः अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला
महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति
डोल्पामा नेकपाका बुढा विजयी
रास्वपाका १०० उम्मेदवार विजयी, २५मा अग्रता
मन्त्री छाडेर उम्मेदवार भएका बब्लु गुप्ता विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
बालेन सवार हेलिकप्टर झापामा अवतरण गर्न सकेन
प्रतिक्रिया