असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने
मेरोन्यूज
२०८२ असार ९ गते १३:०२

काठमाडौँ । वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १५ गतेदेखि जिप सफारी बन्द हुने भएको छ ।
निकुञ्जले हरेक वर्ष असार १५ देखि करिब तीन महिना निकुञ्जभित्र जिप सफारी बन्द गर्दै आएको छ । गत वर्ष असार १६ गतेबाट बन्द भएको जिप सफारी असोज २४ गते फूलपातीदेखि पुनः सञ्चालनमा आएको थियो ।
वर्षायाममा पानी बढी हुने, खोला खोल्सा बढ्ने, रुखहरू ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवम् जंगली जनावरहरूसमेत नदेखिने कारणले निकुञ्जले जीप सफारी हरेक वर्ष बन्द गर्दै आइएको हो ।
बर्खाको सिजन छोटो भए असोजको पहिलो साता नै र वर्षातको समय लम्बिए अवस्था हेरेर मात्रै जिप सफारी पुनः खुला गरिन्छ ।
बर्खाले बिगारेको सडक मर्मत, ढलेका रुखहरू पन्छाउने र विभिन्न पुलहरूको मर्मत पछि मात्रै जिप सफारी खुला गरिन्छ ।
सम्बन्धित
















दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया