हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा इभी सार्वजनिक

काठमाडौं । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्ज क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
यस कार्यक्रममा अहिलेसम्मकै ब्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।
ग्राहकलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्रान्डको रुपमा स्थापित गरिसकेको छ ।
कम्पनीको अनुसार, नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारी बारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ । धेरैलाई ईभी खरीद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गर्दछ । तर हुन्डाई नेपालले देशमै क्रेटा आईसीई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आईसीई, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या नहुने कम्पनीले जनाएको छ ।
लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन रिल्याक्स चार्जिङ्गको नेटवर्क विस्तार गर्दै छ जस अन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउँहरुमा रिल्याक्स डीसी र एसी गरी ६६ चार्जर सुचारु भइसकेको कम्पनीले जनाएको छ । यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (आईसीई) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।
नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ। सोही अभियान अन्तर्गत कम्पनीले ९ असारमा हिम ईन्टरकन्टिनेन्ल प्रा.लि (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा पिस सिद्धार्थ कटेज रेस्टुरेन्ट सुर्खेत रोड, नेपालगञ्जमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको थियो, जहाँ क्रेटा ईभी सहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिए।
यस कार्यक्रममा ग्राहक वर्गको हुन्डाईप्रति उत्साहजनक क्रेज र विश्वास उल्लेखनीय रुपमा देखियो। प्रतिक्रिया र सहभागिता उल्लेखनीय रुपमा रह्यो। पछिल्ला कार्यक्रमहरुको रेकर्ड तोड्दै -सोही स्थानबाट क्रेटा ईभी का ४ भन्दा बढी युनिटको बुकिङ कन्फर्म गरियो। जसमा कार्यक्रम स्थलबाट ४ वटा क्रेटा ईभी ग्राहकहरूलाई हस्तान्तरण पनि गरिएको थियो । यसले यस क्षेत्रका मानिसहरूले हुन्डाईप्रति अद्वितीय विश्वास र भरोसा राखेको कम्पनीको भनाइ छ । सायद यस क्षेत्रमै हुन्डाईको एसेम्बली प्लान्ट रहेकोले, यहाँका मानिसहरुमा हुन्डाईको गाडी र सेवा प्रति बलियो विश्वास रहेको कम्पनीको दाबी छ ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया