मलेशियामा महँगी दर घट्दै, उपभोक्ता राहतमा

काठमाडौं । मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति ९महँगी दर० घटेर १.२ प्रतिशतमा झरेको छ, जुन पछिल्ला ५१ महिनाको सबैभन्दा न्यून दर भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
मलेशियाको तथ्यांक विभागका अनुसार, महँगीको यो कमीको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट हो । तेल सस्तो हुँदा उत्पादन तथा यातायात खर्च कम हुने भएकाले दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा समेत स्थिरता आएको बुझिएको छ ।
उत्पादन लागत घटेको संकेत स्थानीय उत्पादन मूल्य सूचकांक (पीपीआई) मा पनि देखिएको छ, जुन चालु वर्षको अप्रिल महिनामा ३।४ प्रतिशतले ऋणात्मक रहेको थियो। यसमा खानी तथा उत्खनन क्षेत्रको योगदान प्रमुख रहेको छ, जहाँ मूल्य १७.८ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।
त्यस्तै, उपभोक्ता मूल्य सूचकांकमा महत्वपूर्ण स्थान ओगट्ने खाद्य तथा पेय पदार्थ समूहमा पनि मूल्य वृद्धिको गति सुस्तिएको देखिन्छ । यो समूहको मूल्य वृद्धि मे महिनामा २।१ प्रतिशतमा सीमित भएको हो ।
यद्यपि, मासिक रूपमा हेर्दा भने एप्रिलको तुलनामा मे महिनामा समग्र महँगी दर ०.१ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ ।
समग्रमा, मलेशियामा पछिल्लो समय मूल्य स्थिरता कायम रहन थालेको देखिन्छ, जुन उपभोक्ता तथा आम नागरिकको लागि सकारात्मक संकेत मानिएको छ । मूल्यवृद्धिमा आएको कमीले जनताको दैनिक जीवनमा सहजता ल्याउने आशा गरिएको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया