एलएस अटोको नयाँ शोरुम तीनकुनेमा

काठमाडौं । एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चरले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
काठमाडौंको तीनकुनेमा नयाँ शोरुम खोलेको हो । यसअघि एलएस अटाेले काठमाण्डौको कालोपुलमा सर्भिस सेन्टरसमेत स्थापना गरिसकेको छ ।
नयाँ शोरुममा एलएस अटोको इलेक्ट्रिक एसयूभी एलईभी ०१ बिक्रीका लागि उपलब्ध गराइएको कम्पनीले जनाएकाे छ ।
कम्पनीका अनुसार एलईभी ०१ मा होरिजेन्टल डीआरएल, भर्टिकल डेडलाइट सेटअप र पछाडि सस्पेन्डेड टेललाइट डिजाइनजस्ता आकर्षक एलिमेन्ट छन् । गाडीको भित्री संरचना पनि उच्चस्तरीय छ । लेदरेट स्टेरिङ व्हील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टिकलर एम्बियन्ट लाइट, प्यानोरामिक सनरूफ र इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट जस्ता सुविधा यसमा उपलब्ध छन् ।
यसमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल लगायत उच्च सुरक्षा प्रविधिहरू समावेश गरिएको छ । युरो एनक्यापको क्र्यास टेस्टमा फाईभ स्टार सुरक्षा रेटिङ प्राप्त यो गाडीले उपभोक्तालाई भरपर्दो सुरक्षा सुनिश्चित गर्ने बताइएको छ ।
एलईभी ०१ को स्ट्यान्डर्ड भेरिएन्टको मूल्य ५९ लाख ९५ हजार रुपैयाँ र कम्फर्ट भेरिएन्टको ६४ लाख ९५ हजार रुपैयाँ ताेकिएकाे छ । गाडीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको मोटर र ब्याट्री वारेन्टी दिइएको छ ।
नयाँ शोरुम उद्घाटनको अवसरमा कम्पनीले दुई नयाँ ईभी मोडल एलभी ५ र एलभी एक्स आगामी नाइमा अटो शोमा सार्वजनिक गर्न घोषणा गरेको छ ।














ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया