हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा ईभी सार्वजनिक

काठमाडाैं । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले धनगढी क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
कार्यक्रममा अहिलेसम्मकै ब्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।
कम्पनीको अनुसार, नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारीबारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ। धेरैलाई ईभी खरीद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गर्दछ।
तर हुन्डाई नेपालले देशमै क्रेटा आईसीई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आईसीई, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या नहुने कम्पनीले स्पष्ट पारेको छ। साथै लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन रिल्याक्स चार्जिङ्गको नेटवर्क विस्तार गर्दै छ जस अन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउँहरुमा रिल्याक्स डीसी र एसी गरी ६६ चार्जर सुचारु भइसकेको छ। यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (आईसीई) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।
नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ। सोही अभियान अन्तर्गत कम्पनीले ११ असारमा दिनेश फोर हुईल्स् प्रा.लि (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा होटल फ्लोरा, छटकपुर, धनगढीमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको थियो, जहाँ क्रेटा ईभी सहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिए।
















भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया