पाकिस्तानमा मनसुनी वर्षाका कारण सात जनाको मृत्यु, २७ घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा भारी मनसुनी वर्षाका कारण विगत २४ घण्टामा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।
मृतकहरूमा दुई जना पानीमा डुबेका, ओकारा र बहावल नगरमा एक–एक जना, मुजफ्फरगढमा पर्खाल ढल्दा दुई जनाको मृत्यु भएको र खानेवालमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको पिडिएमएले जनाएको छ ।
मुलतान, फैसलाबाद, साहीवाल, सोरकोट र मन्डी बहाउद्दिनबाट घाइते भएका थप घटनाहरू रिपोर्ट गरिएको छ, ।
विपद् प्राधिकरणले बासिन्दाहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ भने सरकारले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
पाकिस्तानको मौसम विभागले जुलाई १ सम्म देशभर भारी मनसुनी वर्षा जारी रहने पूर्वानुमान गरेको छ । यो मौसममा सामान्यभन्दा २५ प्रतिशत बढी वर्षा हुने चेतावनी दिएको छ भने विशेष गरी तल्लो क्षेत्रमा सहरी बाढीको खतरा बढेको छ ।
















वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया