ब्राउन सुगरसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रणमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै रहेको होटलबाट असार १३ गते सशस्त्र प्रहरीले ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरुमा सिरहा जिल्लाको सिरहा नगरपालिका–८ बस्ने ४० वर्षिय मोहम्मद अक्टर मिया र धनुषा जिल्लाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादव छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बलको ईन्टेलिजेन्स व्युरोको विशेष सूचना आधारमा सोही ठाउँमा रहेको दर्शन नमस्ते ईन होटलबाट ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । साथै उनीहरुको साथबाट ब्राउन सुगर जोख्न प्रयोग हुने एक थान तराजु, मोवाईल ३ थान, पासपोर्ट २ थान, नागरिकता १ थान र नगद १२ हजार १ सय ७५ रुपैयाँ समेत बरामद गरिएको छ ।
उनीहरुले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरुबाट लागूऔषध ल्याई काठमाडौमा बेचविखन गर्दै आएको बताईएको छ ।
नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद ब्राउनसुगरसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।














कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
नबिल बैंकका अध्यक्ष चौधरीले लिए शपथ
तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
NC President Deuba shows flexibility to prevent party split
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया