ब्राउन सुगरसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रणमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै रहेको होटलबाट असार १३ गते सशस्त्र प्रहरीले ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरुमा सिरहा जिल्लाको सिरहा नगरपालिका–८ बस्ने ४० वर्षिय मोहम्मद अक्टर मिया र धनुषा जिल्लाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादव छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बलको ईन्टेलिजेन्स व्युरोको विशेष सूचना आधारमा सोही ठाउँमा रहेको दर्शन नमस्ते ईन होटलबाट ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । साथै उनीहरुको साथबाट ब्राउन सुगर जोख्न प्रयोग हुने एक थान तराजु, मोवाईल ३ थान, पासपोर्ट २ थान, नागरिकता १ थान र नगद १२ हजार १ सय ७५ रुपैयाँ समेत बरामद गरिएको छ ।
उनीहरुले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरुबाट लागूऔषध ल्याई काठमाडौमा बेचविखन गर्दै आएको बताईएको छ ।
नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद ब्राउनसुगरसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।
















पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
रुवान्डामाथि नेपालको जित
प्रतिक्रिया