बारामा २१२ किलो बढी गाँजाबोकेको पिकअप सहित ४ जना पक्राउ

बारा । बारा स्थित प्रहरी गस्ती टोलीले गण्डक नहरमा २१२ किलोभन्दा बढी गाँजा बोकेको एउटा पिकअप गाडी सहित ४ जना लाई पक्राउ गरेको छ।
हेटौडाबाट बारा प्रसौनी गण्डकतर्फ लागुऔषध गाँजा ल्याउँदै गरेको विशेष सूचनाको आधारमा प्रहरीले २१२ किलो ९२८ ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ। उनीहरू सवार पिकअप गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिवार बिहान साढे ८बजे ईलाका प्रहरी कार्यालय सिमरा र प्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले परवानिपुर गाउँपालिका ५ स्थित गण्डक नहरको सडक खण्ड अन्तर्गत चेकप्वाइन्टमा प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको सेतो रंगको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा गाडीमा धानको भुषभित्र लुकाई राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताए ।
गाडीका चालक मकवानपुर, थाहा नगरपालिका ४ तालुङका २८ वर्षीय रबि कार्की, सोही गाडीमा सवार मकवानपुर, टिसटुङ १२ का ४६ वर्षीय बिर बहादुर गोले, हेटौडा उपमहा नगरपालिका १४ का २३ वर्षीय साजन मुक्तान र धादिङ, थाक्रे गाउँपालिका ७ का ३१ वर्षीय महेश तामाङ पक्राउ गरिएको एसपी तामाङ्गले जानकारी दिएका छन्।
पक्राउ परेकाहरू विरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डित द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया