पाकिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण २४ जनाको मृत्यु

पाकिस्तानमा यो साता मनसुन सुरु भएपछि भएको भारी वर्षा र बाढीका कारण १२ बालबालिकासहित २४ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् । पञ्जाबको पूर्वी प्रान्तमा बुधबारदेखि अहिलेसम्म कम्तीमा १३ जनाको मृत्यु भएको पञ्जाबको विपद् व्यवस्थापन प्राधिकरणले शनिबार जनाएको छ ।
भारी वर्षाका कारण कम्पाउण्डका पर्खाल, घर तथा छाना भत्किँदा कम्तीमा आठ जना बालबालिकाको मृत्यु भएको छ । खैबर पख्तुनख्वाका अधिकारीहरूले पछिल्लो २४ घण्टामा आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको बताएका छन् । मृत्यु हुनेमा चार बालबालिका र तीन महिला रहेका छन् भने अन्य छ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन निकायले शुक्रबार अबेर जनाएको छ । उक्त निकायका अनुसार मृत्यु हुनेमा १० जना उत्तरपश्चिमी स्वात उपत्यकाका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त इलाकामा अचानक आएको बाढीले नदी किनारमा रहेका घर र त्यहाँ बसोबास गर्ने परिवारलाई बगाएको थियो । खैबर पख्तुनख्वामा आएको बाढीले ५६ घरमा क्षति पु¥याएको छ जसमध्ये छ वटा घर पूर्णरूपमा भत्किएका छन् । राष्ट्रिय मौसम विज्ञान सेवाले मङ्गलबारसम्म भारी वर्षा र आकस्मिक बाढीको जोखिम उच्च रहने चेतावनी दिएको छ । गत महिना पाकिस्तानमा आएको भीषण आँधीबेहरी, असिनासहित विभिन्न चरम मौसमी घटनाहरूमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको थियो ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया