पाकिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण २४ जनाको मृत्यु

पाकिस्तानमा यो साता मनसुन सुरु भएपछि भएको भारी वर्षा र बाढीका कारण १२ बालबालिकासहित २४ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् । पञ्जाबको पूर्वी प्रान्तमा बुधबारदेखि अहिलेसम्म कम्तीमा १३ जनाको मृत्यु भएको पञ्जाबको विपद् व्यवस्थापन प्राधिकरणले शनिबार जनाएको छ ।
भारी वर्षाका कारण कम्पाउण्डका पर्खाल, घर तथा छाना भत्किँदा कम्तीमा आठ जना बालबालिकाको मृत्यु भएको छ । खैबर पख्तुनख्वाका अधिकारीहरूले पछिल्लो २४ घण्टामा आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको बताएका छन् । मृत्यु हुनेमा चार बालबालिका र तीन महिला रहेका छन् भने अन्य छ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन निकायले शुक्रबार अबेर जनाएको छ । उक्त निकायका अनुसार मृत्यु हुनेमा १० जना उत्तरपश्चिमी स्वात उपत्यकाका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त इलाकामा अचानक आएको बाढीले नदी किनारमा रहेका घर र त्यहाँ बसोबास गर्ने परिवारलाई बगाएको थियो । खैबर पख्तुनख्वामा आएको बाढीले ५६ घरमा क्षति पु¥याएको छ जसमध्ये छ वटा घर पूर्णरूपमा भत्किएका छन् । राष्ट्रिय मौसम विज्ञान सेवाले मङ्गलबारसम्म भारी वर्षा र आकस्मिक बाढीको जोखिम उच्च रहने चेतावनी दिएको छ । गत महिना पाकिस्तानमा आएको भीषण आँधीबेहरी, असिनासहित विभिन्न चरम मौसमी घटनाहरूमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको थियो ।
















वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया