मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई
मेरोन्यूज
२०८२ असार १४ गते २१:११

जनकपुर। मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ । अवध मिथिला सांस्कृतिक धर्मशालाको सभाहलमा मधेस र सुदूरपश्चिम प्रदेशबीच आज भएको फाइनल खेलमा मधेस प्रदेशलाई ३६ का विरुद्ध ३७ अङ्कले सुदूरपश्चिम विजयी भएको हो ।
प्रतियोगितामा समान अङ्कका साथ लुम्बिनी तथा बागमती प्रदेश तृतीय स्थान प्राप्त गरेको छ । उपाधि उचाल्न सफल सुदूरपश्चिमले रु २५ हजार नगद तथा स्वर्ण पदक प्राप्त गरेको छ भने द्वितीय भएको मधेस प्रदेशले नगद रु २० हजारसहित रजत पदक प्राप्त गरेको छन् ।
तृतीय स्थान प्राप्त गरेका बागमती तथा लुम्बिनी प्रदेशलाई नगद रु १५ हजार तथा कास्य पदक प्रदान गरिएको छ । उक्त मन्त्रालयका सचिव रञ्जितकुमार यादवले पुरस्कार प्रदान गर्नुभएको हो ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया