मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई
मेरोन्यूज
२०८२ असार १४ गते २१:११

जनकपुर। मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ । अवध मिथिला सांस्कृतिक धर्मशालाको सभाहलमा मधेस र सुदूरपश्चिम प्रदेशबीच आज भएको फाइनल खेलमा मधेस प्रदेशलाई ३६ का विरुद्ध ३७ अङ्कले सुदूरपश्चिम विजयी भएको हो ।
प्रतियोगितामा समान अङ्कका साथ लुम्बिनी तथा बागमती प्रदेश तृतीय स्थान प्राप्त गरेको छ । उपाधि उचाल्न सफल सुदूरपश्चिमले रु २५ हजार नगद तथा स्वर्ण पदक प्राप्त गरेको छ भने द्वितीय भएको मधेस प्रदेशले नगद रु २० हजारसहित रजत पदक प्राप्त गरेको छन् ।
तृतीय स्थान प्राप्त गरेका बागमती तथा लुम्बिनी प्रदेशलाई नगद रु १५ हजार तथा कास्य पदक प्रदान गरिएको छ । उक्त मन्त्रालयका सचिव रञ्जितकुमार यादवले पुरस्कार प्रदान गर्नुभएको हो ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया