पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित
ढोरपाटन। बागलुङमा पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित बनेको छ। बागलुङको बडिगाड गाउँपालिका–४ स्थित नैतुल आधारभूत विद्यालयको भवन भत्किँदा पठनपाठन प्रभावित भएको हो।
शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण विद्यालय माथिदेखि खसेको पहिरोले दुई वटा भवनका चार कक्षाकोठामा पूर्ण रुपमा क्षति पुर्याएको छ।
दुईमध्ये एउटा भवनको गारो भत्किएर पहिरो कक्षाकोठा भित्रै पसेको र अर्को भवनको छानो भत्किएको विद्यालयका प्रधानाध्यापक बमबहादुर बोगटीले जानकारी दिए।
दुईवटै विद्यालय भवन पहिरोको उच्च जोखिममा परेपछि पठनपाठन गर्न समस्या भएको उनको भनाइ छ। विद्यालयमा सबै ससाना बालबालिका मात्रै अध्ययनरत रहेको प्रधानाध्यापक बोगटीले बताए।
उनले भने, ‘पहिरो राति गएको हो, दिउँसोको समयमा गएको भए मानवीय क्षति हुनसक्ने रहेछ, पहिरो अहिले रोकिए पनि विद्यालयमा पठनपाठन गर्नसक्ने अवस्था छैन। चार वटा कोठामा पहिरोले ठूलो क्षति पुर्याएको छ, पहिरो कक्षाकोठाभित्रै पसेपछि हिलाम्मे छ, गारो भत्किएर पुनःनिर्माण गर्नुपर्ने अवस्था छ।’
गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पठनपाठनलाई तत्काल सञ्चालन गर्न विकल्प खोज्ने बताए। असार १८ गतेदेखि पालिकास्तरीय पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्नेगरी तयारी भइरहेको अवस्थामा पठनपाठन प्रभावित हुन पुगेपछि पालिकाले पठनपाठन गर्ने वातावरण तयार गर्ने उनको भनाइ छ। कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा १२२ बालबालिका अध्ययनरत छन्।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
प्रतिक्रिया