एसियन कप छनोटमा नेपालको शानदार सुरुआत, लाओस ९–० ले पराजित

काठमाडौं। एएफसी महिला एसियन कप छनोट नेपालले शानदार सुरुआत गरेको छ ।उज्वेकिस्तानमा जारी छनोटअन्तर्गत पहिलो खेलमा नेपालले लाओसलाई ९–० को गोल अन्तरले पराजित गर्यो ।
नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बा एक्लैले ५ गोल गरिन् । साम्बाले कप्तानको रुपमा डेब्यु खेलमै शानदार प्रदर्शन गरिन् । यस्तै सरु लिम्बु, अनिता बस्नेत, रश्मीकुमार घिसिङ र अनिता केसीले एकएक गोल गरे ।
१२औं मिनेटमा अनिताको गोलबाट पहिलो अग्रता लिएको नेपालका लागि कप्तान साम्बाले ४४औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा थप ७ गोल गर्यो ।
पहिलो जित निकालेको नेपाल छनोटमा समूह ‘एफ’ मा छ । उक्त समूहमा नेपालसहित आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । नेपालले दोस्रो खेलमा असार १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहन सके नेपाली महिला टोली अर्को चरणमा प्रवेश गर्नेछ ।











राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया