मेस्सीको टिमलाई हराउँदै अघि बढयो मेस्सीको पुर्व क्लब

काठमाडौं । पेरिस सेन्ट जर्मन (पिएसजी)ले घरेलु टोली इन्टर मियामीविरुद्ध ४–० को सहज जित निकालेको छ ।
यो जीतसँगैँ फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।
आइतबार मार्सिडिज बेन्ज रंगशालामा पिएसजीलाई जित दिलाउन जोआओ नेभेसले २ र अचरफ हाकिमीले १ गोल गरे पनि थप एक गोल भने आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो ।
खेलको छैटौं मिनेट मै नेभेसको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो भने फाबियन रुइसको पासलाई सदुपयोग गर्दै नेभेसले नै ३९औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
टोमस एभिलेसबाट आत्मघाती गोल हुन पुग्दा ४४औं मिनेटमा पिएसजीको अग्रता ३–० मा पुग्यो भने हाकिमीले ४८औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए ।
पिएसजी मेस्सीकाे पुर्व क्लब हाे, जुन छाडेर उनी इन्टर मियामीमा प्रवेश गरेका थिए । तर, पहिलाे पटक मेस्सी अाफ्नै पुर्व क्लबवाट पराजित हुन पुगे ।


















राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान:कस्तो रहला आज देशभरको मौसम ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
प्रतिक्रिया