चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

दमौली (तनहुँ) । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती उनको जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको मङ्गलबारको बैठकले यस्तो निर्णय गरेको हो । समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या, प्रभातफेरीलगायतथ कार्यक्रम आयोजना हुनेछन् । विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको १९२५ साल असोज ६ गते निधन भएको थियो ।
नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात हुन् । भानुभक्तका समकालीन साहित्यकार मोतीराम भट्टले उनलाई आदिकवि उपाधि दिएका हुन् । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, वधुशिक्षालगायत कृति लेखेका थिए।
उहाँका ती कृतिका पाण्डुलिपि सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकका रूपमा प्रकाशन गरेपछि उनी नेपाली साहित्यिमा स्थापित भएका मानिन्छ ।
















झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया