बिहीबार, वैशाख १७, २०८३

रहिनन् क्यान्सरपीडित ‘मेरी बास्सै’की ‘अप्सरा’

मेरोन्यूज २०८२ असार २१ गते ८:४२

काठमाडौँ । कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिकाबाट चर्चामा आएकी श्रेष्ठको शुक्रबार राति निधन भएको हो ।श्रेष्ठ स्तन क्यान्सरलगायतका रोगबाट पीडित थिइन्।

Advertisement
NiccNicc

पछिल्ला केही सातादेखि उनी ओछ्यानमै थलिएकी थिइन्।लामो समयदेखि अभिनयमा सक्रिय रहेकी श्रेष्ठले ‘मेरी बास्सै’ बाहेक ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता टेलिसिरियल तथा ‘लक्का जवान’ फिल्ममा पनि अभिनय गरेकी थिइन् ।

श्रेष्ठले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।

प्रतिक्रिया