महावाणिज्यदूत निरौलाद्वारा हिल्सा नाका निरीक्षण

ल्हासा । चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित ल्हासामा रहेको नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले २०८२ असार २२ गते आइतवार नेपालको हुम्ला जिल्ला र चीनको सिचाङ स्वायत्त क्षेत्रको पुलाङ जिल्ला जोड्ने हिल्सा सीमा नाकाको स्थलगत निरीक्षण गरेका छन्।निरीक्षणका क्रममा उनले सम्बद्ध अधिकारीहरूसँग छलफल गरेका छन्।
चिनियाँ अध्यागमन, भन्सार, प्रहरी र पोर्ट व्यवस्थापन अधिकारीहरू तथा नेपालका सुरक्षा निकाय र भन्सारका अधिकारीहरूसँगको छलफलका क्रममा हिल्सा नाकाको प्रभावकारी सञ्चालनका लागि चीन सरकारले हालै निर्माण सम्पन्न गरेको मितेरी पुलको नेपालतर्फको पहुँच मार्ग तत्काल निर्माण गर्नुपर्ने कुरामा जोड दिइएको छ ।
सो अवसरमा नेपाली अधिकारीहरूले महावाणिज्यदूतसमक्ष सीमा सहजीकरण र स्थानीय नेपाली अधिकारीहरूलाई विगतमा जस्तै कैलाश मानसरोवरसम्म सहज यात्राका लागि सहजीकरण गरिदिन अनुरोध गरेका छन्। दुवै पक्षसँगको छलफलमा महावाणिज्यदूत निरौलाले सीमाको प्रभावकारी व्यवस्थापनका लागि आफ्नोतर्फबाट अधिकतम पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको सहभागी एक अधिकारीले प्रशासनलाई बताएका छन् ।
त्यसै दिन निरौलाले चीन सरकारले पुलाङ शहरमा निर्माण गरी नेपाली समुदायलाई व्यवसायका लागि सहुलियत दरमा उपलब्ध गराएको व्यापारिक केन्द्रको अवलोकन गरेका छन्। साथै, उनले नेपाली व्यवसायीहरूसँग अन्तरक्रिया गरे। उक्त बजारमा हुम्ला र सीमावर्ती अन्य जिल्लाका करिब २०० नेपाली व्यवसायीले व्यवसाय गरिरहेका छन्। छलफलमा व्यवसायीहरूले नयाँ पूर्वाधार निर्माणपछि व्यापारमा सहजता र वृद्धि भएको बताए।















मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
प्रतिक्रिया