एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सम्पन्न

ओस्लो (नर्बे) । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा नर्बेको राजधानी ओस्लोको Vallhall Arena मैदानमा आयोजित ऐभरेस्ट कप मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२५ भव्य रूपमा सम्पन्न भएको छ।
सन् २००८ मा चट्याङ्ग लागेर ज्यान गुमाएका नेपाली विद्यार्थी कञ्चन कार्कीको स्मृतिमा आयोजित प्रतियोगिता यो वर्ष १३औं संस्करणमा प्रवेश गरेको हो।
एनआरएनए नर्वेले २०१३ देखि निरन्तर आयोजना गर्दै आएको यो प्रतियोगितमा नर्वेमा क्रियाशील विभिन्न क्लब तथा नेपाली संघ–संस्थाका प्रतिनिधित्व रहने गरी जम्मा ८ टिम सहभागी भएका थिए।
कार्यक्रमको औपचारिक उद्घाटन एनआरएनए नर्वेका अध्यक्ष विष्णु गौतमले गरेका थिए। प्रतियोगिता सफल बनाउन आयोजकले ठूलो संख्यामा स्वयंसेवक परिचालन गरेको थियो।
प्रतियोगिताको उद्देश्य नेपाली समुदायबीच आपसी सद्भाव, सहयोग र सम्बन्धलाई खेलको माध्यमबाट अझ सशक्त बनाउने रहेको युवा संयोजक असीम लम्सालले जानकारी दिए ।
खेलकाे उपाधि ओस्लो युनाइटेडले जितेकाे छ । ओस्लोले यसअघि पनि याे उपाधि हात पारिसकेकाे थियाे । याे जित उसकाे लगातार दाेस्राेपटक हाे ।
यस्तै खेलकाे उपविजेता युनाइटेड ब्रदर्स एफसी बनेकाे छ । विजेता टिमले नगदसहित ट्रफी प्राप्त गर्दा उपविजेता टिमले पनि नगद र ट्रफी प्राप्त गर्यो।
उत्कृष्ट खेलाडी र पुरस्कारहरू
– उत्कृष्ट खेलाडी: एनआरएनए नर्वेका भेषराज सापकोटा
– टप स्कोरर: ओस्लो युनाइटेडका मौसाम नेपाल
– उत्कृष्ट गोलकिपर: ओस्लो युनाइटेडका अमृत तामाङ
– निष्पक्ष खेल प्रदर्शन: टिम टेलेमार्क
– उदयीमान खेलाडी: एनआरएनए नर्वेका सुसाङ्क पुडासैनी घोषित हुनु भएको छ ।
विजेता भएका खेलाडीहरूलाई नगद पुरस्कार र ट्रफी प्रदानको विशेष कार्यक्रममा विभिन्न संघ–संस्था, पदाधिकारी, संरक्षक, सल्लाहकार, सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो। सो अवसरमा बालबालिका र ३५ बढी समूहको खेल यस वर्षको विशेष आकर्षणका रूपमा १३ वर्ष मुनिका ४० जना बालबालिकाबीच छुट्टै फुटबल खेल आयोजना गरिएको थियो। त्यस्तै, ३५ वर्ष माथिका उमेर समूहका ३० जना सहभागी बीच पनि मैत्रीपूर्ण फुटबल खेल समेत सम्पन्न भएको थियो।
नेपाली स्वाद र संस्कृति :
फुटबल प्रतियोगितासँगै नेपाली स्टलहरू पनि राखिएको थियो। स्टलहरूमा नेपाली मोमो, सेल रोटी, चाउचाउ लगायतका परिकार राखिएको थियो । त्यहाँ राखिएकाे पानीपुरी स्टल महिलाहरुकाे विशेष आकर्षण बनेको थियो। नेपाली स्वादको मज्जा लिँदै टिमलाई हौसला प्रदान गर्न ठूलो संख्यामा फुटबल प्रेमी दर्शकहरू उपस्थित भएका थिए ।
टुर्नामेन्टको अन्त्यमा अध्यक्ष विष्णु गौतमले सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्न सहयोगको अपेक्षासहित आभार प्रकट गरेका थिए ।
कार्यक्रमको सञ्चालन युवा संयोजक असीम लम्सालले गरेका थिए । संस्थाका महासचिव ईश्वरी खनाल, उपाध्यक्ष श्याम परियार, कोषाध्यक्ष पशुपति भण्डारी, महिला संयोजक श्रद्वासिंह थापा, सदस्य हरिकृष्ण तिमिल्सिना, बालकृष्ण थापा लगायत कार्य समितिका पदाधिकारीले कार्यक्रम सफल बनाउन विशेष भूमिका निर्वाह गरेका थिए ।
सो प्रतियोगितामा करिब ४५० जनाको उपस्थित रहेको थियो ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभामा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया