भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

काठमाडौँ । भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरे ।
स्वास्थ्यमन्त्री थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरे । यसअघि जिल्लाको चारवटै स्थानीय तह पूर्ण खोप सूनिश्चित घोषणा गरिएको थियो । उनले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन घरदैलोमै अब नसर्ने रोगको पहिचानका लागि स्वास्थ्यकर्मीसहितको स्वयंसेविकाको टोली परिचालन गरिने बताए । ‘त्यसबापत स्वयंसेविकाहरुलाई पारिश्रमिकको व्यवस्था र एक हजार सञ्चारखर्चको व्यवस्था गरेका छौँ,’ उनले भने ।
उनले भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई टेलिमेडिसिन हब बनाएर २४सै घण्टा सेवा सञ्चालन गर्नेगरी प्रदेश स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको बताउँदै प्रदेशस्तरीय अस्पतालको स्तरोन्नति, जनशक्ति थप र उपकरणहरुको वितरणलाई मन्त्रालयले प्रभावकारी रुपमा अगाडि बनाएको जानकारी गराए ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले खोप सुनिश्चिततालाई दिगोपन बनाउन चुनौती रहेको बताउँदै कोही पनि खोपबाट छुट्न नहुने बताइन् । खोप प्रभावकारी हुँदा बालमृत्युदर हरेक वर्ष कम हुँदै गएको बताउँदै उनले नियमित खोप कार्यक्रमको प्रभावकारीले ८० प्रतिशत बाल मृत्युदर घटेको जानकारी दिइन् ।














HoR Election: Chief Election Officer Offices to be established today
निर्वाचन आयोग परिसरमा देउवा र गगन पक्षकाे प्रदर्शन, सुरक्षा व्यवस्था कडा
एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
खैरो हेरोइनसहित एक जना पक्राउ
Trump Announces Formation of Gaza Peace Council
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया