मन्त्रीले घुस मागेको अडियोबारे माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
मेरोन्यूज
२०८२ असार २९ गते १५:०३

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा र नियुक्तिमा ‘घुस डिल’ गरेको आरोप लगाउँदै तत्काल छानबिनको माग गरेको छ ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले मन्त्री गुप्ताको घुस डिल प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनुपर्ने माग गरेकी हुन् ।
उनले भनिन् ‘कर्मचारी सरुवामा मन्त्रीहरूले ७८ लाख रुपैयाँ घुस डिल गरेको विवरण आएको छ । भएको के हो सम्माननीय प्रधानमन्त्रीमार्फत संसदलाई जनाकारी गराउन र दोषी जो होस् कानुन अनुसार कडा कारबाही होस् । अन्यथा सरकारको एक वर्षको उपलब्धि यही हुनेछ,’।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया