घुस डिल प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा
मेरोन्यूज
२०८२ असार ३१ गते ११:४५

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।
मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए । उनले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री गुप्ताका बारेमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लाखौँ रुपैयाँ घूस लिएको श्रव्य सामग्री सार्वजनिक भएको छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया