कानूनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं। सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न चारवटा समितिका बैठक बस्दैछन् । बुधबार कानून, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो ।
बैठकहरू बिहान १० देखि १ बजेको समयमा सिंहदरबारस्थित समितिका आआफ्नै कक्षमा बस्नेछन् ।कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक– २०८१ को सम्बन्धमा नेपाल कानून आयोगसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक– २०८१ को सम्बन्धमा संशोधनकर्ता सांसद सदस्यसँग छलफल हुनेछ ।
यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन– २०८२ को मस्यौदामाथि सुझाव सङ्कलन, समितिको कर्णाली प्रदेशको स्थलगत अनुगमन भ्रमण प्रतिवेदनमाथि छलफल र पारित गर्ने तथा सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको हालसम्मको प्राप्त विवरण सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीति अध्ययन उपसमितिले राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन समिति समक्ष पेश गर्ने, राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वयनको अवस्था र समितिको कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया