आइतबार, वैशाख २०, २०८३

सशस्त्रकाे डीआईजीमा थापालाई बढुवा गर्न सिफारिस

मेरोन्यूज २०८२ असार ३२ गते २०:५६

सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी) मा मनीष थापालाई बढुवा गर्न सिफारिस गरिएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एक डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। 

Advertisement
NiccNicc

डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त भएको थियो।

डीआईजीमा बढुवा सिफारिस भएका थापा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन्। यो ब्याचका मनिष थापासँगै प्रकाश थापा र विनोदराज श्रेष्ठ एसएसपी छन्।तर प्रकाश र विनोदराजले स्टाफ कलेज गरेका छैनन्। सशस्त्र प्रहरीमै भर्ना भएको टोलीलाई डीआईजीमा बढुवा हुन स्टाफ कलेज अनिवार्य छ। 

यस्तै नेपाल प्रहरीको प्राविधिक सईबाट आएका कृष्णराज पाठक पनि अहिले एसएसपी छन्। उनी अहिलेका एसएसपीमा सबैभन्दा सिनियर थिए। तर यसअघि नै दुई ब्याचले पछि पारिसकेका थिए। उनीभन्दा पछाडिका सशस्त्र प्रहरीको पहिलो ब्याचका सबै र दोस्रो ब्याचका पनि दीपेन्द्र कुँवर र विष्णु भट्ट डीआईजी भइसकेका छन्।  

प्रतिक्रिया