प्रधानमन्त्रीलाई गगनको आग्रहः सत्ता हस्तान्तरणको दिन गनेर नबस्नुस्

काठमाडौँ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गरेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाली कांग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उनले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गरेका हुन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अब एक वर्ष मेरो, त्यसपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्छु’ भन्ने गरेको उल्लेख गर्दै अबको समय सत्ता हस्तान्तरणको दिन गनेर बस्ने नभएको बताए।
उनले सुरुमा दुई वटा पार्टी मिलेर राम्रो कामको सुरुवात गरे पनि अहिले बरालिएको बताए। अहिले सरकार खाली दिन गनेर बस्ने जस्तो मात्रै भएकाले टिप्पणी गर्दै यसबाट बाहिर निस्किनुपर्ने बताए।
०८४ सम्मका प्रत्येक दिन काम गरेर देखाउनुपर्ने उनको भनाइ थियो। उनले कांग्रेस २०८४ सम्म देशको ठूलो पार्टी रहेको र अहिले सरकारमा रहेकाले यो समय खेर फाल्न नहुने बताए।
महामन्त्री थापाले ०८४ सम्म स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले जनताले महसुस गर्ने गरी काम गरेर देखाउनुपर्ने बताए।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया