कञ्चनपुरमा सप्ताहव्यापी वृक्षरोपण अभियान

कञ्चनपुर। सामुदायिक वन समन्वय समिति (सिएफसिसी)को समन्वयमा यहाँ सप्ताहव्यापी वृक्षरोपण अभियान सुरु भएको छ ।
अभियानअन्तर्गत सिएफसिसी आबद्ध ९४ सामुदायिक वन उपभोक्ता समूहले ५० हजार बिरुवा रोप्ने लक्ष्य छ । निजी वन प्रवद्र्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताए ।
“चरिचरन र डढेलो नियन्त्रण गर्नसके वन क्षेत्रबाट पुनःउत्पादन हुनसक्छ । वन नभएका क्षेत्रमा मात्र वृक्षरोपण आवश्यक हुन्छ, वनमा निर्भरता घटाउन निजी वन विकासमा जोड दिनुपर्छ ।” वृक्षरोपणले वन्यजन्तुको जैविक करिडोर संरक्षणमा मद्दत पुग्ने बताउँदै उनले भने ।
समन्वय समितिले सामुदायिक वन उपभोक्तालाई फलफूल, घर सजावट र औषधिजन्य बिरुवा निःशुल्क वितरण गर्दै आएको छ । समितिका उपाध्यक्ष नरेशराज जोशीले वृक्षरोपणबाट वातावरण संरक्षण, माटो तथा जलस्रोत संरक्षण र जैविक विविधता प्रवद्र्धनमा सघाउ पुग्ने बताए ।
उनले भने, “घर–घरमा रोपिने फलफूल र औषधिजन्य बिरुवाले उपभोक्ताको आयआर्जनमा टेवा पु¥याउने भएकाले अभियानका क्रममा निःशुल्क बिरुवा उपलब्ध गराइरहेका छौँ ।” झिलमिली सामुदायिक वनमा सात हजार विभिन्न प्रजातिका बिरुवा रोपिएका उहाँले जानकारी दिए ।
गत वर्ष सञ्चालन भएको सप्ताहव्यापी अभियानमा ४० हजार बिरुवा रोपिएका थिए । समन्वय समितिले आफ्नै नर्सरीमा उत्पादन गरिएका बिरुवा प्रयोग गरी हरेक वर्ष वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
















क्यूआर स्क्यानमा लाखौँका प्राइज
महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८३’को डिजिटल संस्करण सार्वजानिक
नेपाल पत्रकार महासङ्घको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान
शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने
अष्ट्रेलियाली शेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
प्रतिक्रिया