समाज डेण्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोष घोषणा

काठमाडौं।समाज डेण्टलले गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा गरेको छ ।अस्पतालको २५ औँ वार्षिकोत्सवको अवसरमा हस्पिटलका प्रबन्ध निर्देशक शंकु घिमिरेले गुणस्तरीय दन्त स्वास्थ्यमा सबैको पहुँच भन्ने उद्देश्यसहित स्थापित संस्थाले विभिन्न आरोह अवरोह पार गर्दै विशिष्टीकृत स्वास्थ्य सेवा प्रदानमा प्रतिबद्ध रहेको बताए ।
उनका अनुसार विसं २०५८ साउन १ गते स्थापना भएको समाज डेन्टलले हाल काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा गरी कूल १० स्थानमा सेवा दिइरहेको र आगामी दिनमा देशका ७७ वटै जिल्लामा उपचार सेवा विस्तार गर्ने लक्ष्य जानकारी गराउँदै प्रबन्ध निर्देशक घिमिरेले १ करोड रुपैयाँ बराबरको उपचार कोष स्थापनाको घोषणा गरे ।
यो रकम बराबरको उपचार सेवाले गरिब तथा विपन्न नागरिकको दन्त उपचारका लागि सहयोग गरिने उनले भनाइ छ ।
यस्तै कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘मेडिकल टुरिजम’ को विकास र प्रवर्द्धनका लागि दन्त उपचारको क्षेत्रलाई विस्तार र व्यवस्थित गरिनुपर्नेमा जोड दिएका छन् ।
समाज डेन्टल अस्पतालको २५ औँ वार्षिकोत्सवको आइतबार उद्घाटन गर्दै मन्त्री पौडेलले मेडिकल टुरिजमलाई आकर्षित गर्नका निम्ति आँखा, दाँत उपचारको विश्वसनीयता अझ बढी बढाउनुपर्ने खाँचो औँल्याए ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक एवं अस्पतालका संस्थापक श्यामकुमार घिमिरेलेले अस्पतालको सेवालाई देशभर विस्तार गर्ने योजना रहेको बताए ।
दन्त स्वास्थ्यको क्षेत्रमा जनचेतना, सामान्य मानिसको पहुँच विस्तार गर्ने र आवश्यक जनशक्ति उत्पादन गर्ने लक्षसहित संस्था स्थापित भएको उनले उल्लेख गरे । समाज डेण्टलले हाल १० ठाउँबाट दन्त सेवा दिइरहेको छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया