यूएईका लगानीकर्तालाई अध्यक्ष ढकालले भने– नेपालमा लगानी गर्ने उपयुक्त अवसर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । यूएई र नेपालबीच आर्थिक सहकार्यलाई प्रवर्धन गर्ने उद्देश्यले बिहीबार काठमाडौंमा आयोजित यूएई आर्थिक प्रवर्धन कार्यक्रममा अध्यक्ष ढकालले नेपालमा लगानी गर्ने उपयुक्त अवसर रहेको बताए ।
नेपालले पछिल्लो समय व्यापक आर्थिक सुधार गरिरहेको र लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको अध्यक्ष ढकाल बताउँछन् । उनले ३० भन्दा बढी कानुन संशोधन भइसकेको र द्विपक्षीय लगानी सम्झौता अन्तिम चरणमा रहेको अवस्थामा यूएईका लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसर हुने धारणा राखे ।
“नेपाल अहिले स्थायित्व र सम्भावनाको चरणमा छ । ऊर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधिजस्ता क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको छ । त्यसैले युएईका लगानीकर्ताहरूका लागि अहिलेको समय नेपाल प्रवेश गर्न उपयुक्त अवसर हो,” अध्यक्ष ढकालले भने ।
उनले जलविद्युत्, सौर्य ऊर्जा, प्रसारण लाइन, रिसोर्ट, साहसिक पर्यटन, कृषि उत्पादन प्रशोधन तथा आईसीटी आउटसोर्सिङमा संयुक्त लगानीको प्रस्ताव पनि राखेका छन् ।
अध्यक्ष ढकालले यूएईमा कार्यरत तीन लाखभन्दा बढी नेपालीलाई लक्षित गर्दै वित्तीय सेवा, तालिम केन्द्र र सिप विकासमा लगानी गर्न आग्रह गरे ।

















अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया