पूर्वाधारमन्त्रीको एक वर्षे उपलब्धि- ९३२ किमी सडक कालोपत्रे, १०५ वटा पक्की पुल निर्माण (पूर्णपाठ)

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारको एक वर्षमा १०५ वटा पक्की पुल निर्माण सम्पन्न तथा १० वटा बेलीबृज जडान भएको जानकारी दिएका छन् ।
पछिल्लो एक बर्षको आफ्नो कार्यकालमा भएको कामकारवाहीका विषयमा जानकारी दिन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री दाहालले एक वर्षको अवधिमा ९३० कि.मि. कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ९३२ कि.मि. कालोपत्रे सम्पन्न, १५० वटा पुल निर्माण गर्ने लक्ष्य रहेकोमा १०५ वटा पक्की पुल निर्माण सम्पन्न तथा १० वटा बेलीबृज जडान भएको जानकारी दिएका हुन् ।
मन्त्रालयले यस अवधिमा रुग्ण आयोजनाहरुको पहिचान र व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएर काम गरेको उनले बताए । उनले आयोजनाहरु शुरु हुने तर पूरा नभई अलपत्र हुने परिपाटीको अन्त्यका लागि समिति गठन गरिएको र सो समितिले अध्ययन गरी दिएको प्रतिवेदन कार्यान्वयन गरी रुग्ण ठेक्काको संख्या उल्लेख्य मात्रामा घटाइएको जानकारी दिए ।
सवारी चालक अनुमति पत्र छपाई प्रदेश स्तरबाटै शुरुवात गर्न विषयगत समितिको बैठकबाट निर्णय भईसकेको भन्दै अव लामो समय सम्म अनुमति पत्र नपाईने समस्याको अन्त्य हुने दावी गरे । यसैगरी छपाई गरी वितरण गर्न बाँकी सवारी चालक अनुमतिपत्र छपाईका लागि सुरक्षण मुद्रण केन्द्रसँग समझदारी भइसकेको उहाले जानकारी दिए ।
समुद्रमा नेपाली झण्डावाहक पानी जहाज सञ्चालन गर्ने नेपालीको सपना पनि अब साकार हुने दिशा तर्फ अघि बढेको भन्दै उहाले यसका लागि पानी जहाज विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधीसभामा पेश भएको जिकिर गरे ।
त्यस्तै, मन्त्री दाहालले बाढीका कारण क्षतिग्रस्त रसुवाका सडक सञ्चालका लागि ट्रयाक खोल्ने काम भइरहेको जानकारी दिए । नागढुंगा सुरुङमार्ग अन्तर्गत टनेल संरचनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भई अन्य प्रक्रिया जारी रहेकाले आगामी कार्तिकबाट सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ ।
त्यस्तै, मन्त्री दाहालले रेलमार्ग विस्तारकालागि बर्दिवास क्षेत्रमा देखिएको मुआब्जा तथा क्षतिपूर्तिको समस्या समाधानका लागि काम अघि बढाईएको धारणा राखे । बर्दिवास–चोचा रेलमार्ग खण्डमा ३ वटा रेलपुल निर्माण कार्य सम्पन्न भईसकेको उनले बताए ।
यस्ताे छ पूर्णपाठ
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया