शुक्रबार, वैशाख ४, २०८३

स्पेन युरो कप फुटबलको सेमिफाइनलमा

मेरोन्यूज २०८२ साउन ३ गते ७:५५

काठमाडौं । घरेलु टोली स्वीजरल्यान्डलाई हराउँदै स्पेन महिला युरो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

विश्व विजेता स्पेनलाई घरेलु टोलीले पहिलो हाफमा बराबरीमा रोकेपछि सफलता पाउन धेरै सङ्घर्ष गर्नु परेको थियो।

अहिलेसम्म युरो कप जित्न नसकेको स्पेनलाई दोस्रो हाफमा अग्रता दिलाउने क्रममा एथेनिसा डेल कासेटिना तथा क्लाउडिया पेनाको महत्त्वपूर्ण योगदान रहयो। जितसहित स्पेन सन् १९९७ पछि पहिलो पटक सेमिफाइनल प्रवेश गरेको छ।

यसअघि नै स्पेनले दुई पटक पेनाल्टी अवसर खेर फालेको थियो। डेल कास्टिलोले वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेको चार मिनेटपछि ६६ औँ मिनेटमा पहिलो गोल गरेकी हुन्। त्यसको पाँच मिनेटपछि नै पिनाले गोल गरिन्।

खेलको इन्जुरी समयमा नोइन्जा मेडले रातो कार्ड पाएपछि स्वीजरल्यान्ड १० खेलाडीमा सीमित भएको थियो।

प्रतिक्रिया