शुक्रबार, वैशाख ११, २०८३

दोलखाको गैरीमुदी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

मेरोन्यूज २०८२ साउन ४ गते १८:५३

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-१ को गैरिमुदी स्वास्थ्य चौकीको लागि आइतबार एक कार्यक्रमकाबीच बिरामी बोक्नको लागि एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

Advertisement
NiccNicc

वैतेश्वर गाउँपालिका र पर्यटन व्यवसायी भक्त बहादुर तामाङको आर्थिक सहयोगमा प्राप्त उक्त एम्बुलेन्सको चाबी गाउँपालिका अध्यक्ष छबि लामाले वडा अध्यक्ष भीमबहादुर तामाङलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले वडा तथा स्वास्थ्य चौकीको लागि एम्बुलेन्स अभाव देखेर एम्बुलेन्स ल्याउनको लागि महत्त्वपूर्ण भूमिका खेल्ने भक्त बहादुर तामाङलाई धन्यवाद दिँदै व्यवस्थित तरिकाले एम्बुलेन्स सञ्चालन गर्न वडालाई निर्देशन दिए ।

यस अघि वडा नम्बर-१मा एम्बुलेन्स नहुँदा स्थानीयले महँगो शुल्क तिरेर अन्य सवारी प्रयोग गर्नुपर्ने बाध्यता रहेकोमा स्थानीय भक्त बहादुर तामाङले विदेशी साथीभाइहरुसँग चंदा संकलन गरेको १५ लाख रकममा गाउँपालिकाले १० लाख थप गरेर नेपाल सरकारको राजस्व छुटमा सुविधा सम्पन्न ख वर्गको एम्बुलेन्स ल्याइएको वडा अध्यक्ष तामाङले बताए ।

एम्बुलेन्स वडा तथा पालिकाको व्यवस्थापनमा सञ्चालन गरिने छ ।

गैरिमुदि स्वास्थ्य चौकीका स्वास्थ्य इन्चार्ज अमित यादवले वडामा एम्बुलेन्स नहुँदा यस अघि यहाँका बिरामीलाई अन्यत्र रिफर गर्न बोलेरो गाडी खोज्नुपर्ने बाध्यता रहेको थियो ।

कतिपय गर्भवती महिला तथा बिरामीले एम्बुलेन्स अभावमा समयमै उपचार पाउनबाट वञ्चित हुनुपर्ने बाध्यता रहेको थियो । तर अब त्यो समस्या झेल्नु नपर्ने उनले बताए ।

प्रतिक्रिया