सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते

सिरहा । सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन् ।
कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा विवाद चर्किएपछि झडप भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालले जानकारी दिए।
“नाइके को हुने भन्ने विवादले दुई समूहबीच झडप भएको हो । घाइतेहरूलाई तत्काल प्रादेशिक अस्पताल सिरहा पठाइएको छ”, उनले भने, “सुरक्षाका दृष्टिकोणले पनि थप उपचारका लागि उनीहरूलाई आजै काठमाडौँ पठाउने तयारी भइरहेको छ ।”
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली तत्काल कारागार पुगेको थियो । हाल अवस्था नियन्त्रणमा रहेको र झडपको विषयमा थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ ।
सिराहा कारागार १५० कैदीबन्दी राख्ने क्षमताको भए पनि हाल ४५८ जना कैदीबन्दी राखिएको छ । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिँदा आन्तरिक व्यवस्थापनमा समस्या देखिएको छ ।
शनिबार मात्रै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले कारागार अनुगमन गरेको थियो । अनुगमनका क्रममा कुनै असहज अवस्था नरहेको बताइएको थियो । त्यसको भोलिपल्टै झडप हुनुले कारागार व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।
यसअघि पनि कारागारभित्र आपराधिक गतिविधि भएको आरोपमा छानबिन समिति गठन गरिएको थियो । डेढ महिनाअगाडि बुझाइएको उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।
















नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ सम्म
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया