ईसेवा मनि ट्रान्सफर र जापानको यहेई रेमिटबिच सम्झौता

काठमाडौँ । रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफर र जापानस्थित यहेई रेमिटबिच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र यहेई रेमिटका प्रबन्ध निर्देशक नवीन निउरेले हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यले रेमिट्यान्स सेवामा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिएको र अब जापानमा बसोबास तथा रोजगारीमा रहेका नेपालीहरूले यहेई रेमिटको मोबाइल एप प्रयोग गरी नेपालमा रहेका आफ्ना परिवारजनलाई ईसेवा मनि ट्रान्सफरमार्फत सजिलै रेमिट्यान्स पठाउन सक्नेछन् ।
यहेई रेमिट मार्फत जापानबाट पठाइएको रकम नेपालमा रहेका प्राप्तकर्ताहरूले ईसेवा मनि ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्रहरू, बैंक तथा वित्तीय संस्थाहरू, साथै ईसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट तथा ईसेवा वालेट मार्फत सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।













गोरखाको छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
तेक्वान्दो टोली चीन प्रस्थान
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
प्रतिक्रिया