ईसेवा मनि ट्रान्सफर र जापानको यहेई रेमिटबिच सम्झौता

काठमाडौँ । रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफर र जापानस्थित यहेई रेमिटबिच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र यहेई रेमिटका प्रबन्ध निर्देशक नवीन निउरेले हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यले रेमिट्यान्स सेवामा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिएको र अब जापानमा बसोबास तथा रोजगारीमा रहेका नेपालीहरूले यहेई रेमिटको मोबाइल एप प्रयोग गरी नेपालमा रहेका आफ्ना परिवारजनलाई ईसेवा मनि ट्रान्सफरमार्फत सजिलै रेमिट्यान्स पठाउन सक्नेछन् ।
यहेई रेमिट मार्फत जापानबाट पठाइएको रकम नेपालमा रहेका प्राप्तकर्ताहरूले ईसेवा मनि ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्रहरू, बैंक तथा वित्तीय संस्थाहरू, साथै ईसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट तथा ईसेवा वालेट मार्फत सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
















मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया