एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान

काठमाडौँ। एसियाली खेलकुदकी रजत विजेता कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अञ्जना राना मगर मंगलबार भक्तपुरको मध्यपुरमा नगदसहित सम्मानित भएका छन् ।
कराते वान प्रिमियर लिगमा कांस्य, थाइल्यान्ड ओपन र युएस ओपनमा स्वर्ण तथा एसियन च्याम्पियनसिपमा रजत जितेकी कराते स्टार एरिका र फुटबलकी सनसनी अञ्जनालाई मध्यपुरस्थित इनर ह्विल क्लबले २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो । नेपाली खेलकुदमा उल्लेखनीय योगदान गरेवापत दुवै खेलाडीलाई डा. सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
क्लबकी संस्थापक तथा इनर ह्विल डिस्ट्रिक्ट ३५० की उपाध्यक्ष डा. सृष्टी श्रेष्ठ प्रजापतीले खेलाडीलाई सम्मान गर्दै खेलकुदमा महिलाको सहभागिता र सफलतालाई सम्मान गर्न पाउनु आफ्नै लागि पनि गौरवको विषय रहेको बताइन । उनले आगामी वर्षहरुमा पनि यस्ता उदाहरणीय खेलाडीलाई सम्मानित गर्ने क्रमलाई अझ व्यापक बनाउँदै लाने प्रतिबद्धता जनाइन ।
सम्मानित हुने दुवै खेलाडीले निजी स्तरबाट हुने यस्ता सम्मानले आफूहरुलाई देशका लागि अझ समर्पित भएर खेल्न उर्जा मिल्ने बताउँदै आयोजकलाई धन्यवाद दिए ।











हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि
रवि र बालेन भित्र छलफलमा, सुधन गुरुङले बाहिरबाट लगाइदिए ताला
त्रिविका १६ हजार विद्यार्थी दीक्षित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया