अमेरिका युनेस्कोबाट बाहिरियो, इजरायलविरुद्ध पक्षपात गरेको आरोप

अमेरिकाले संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था युनेस्कोबाट आफ्नो सदस्यता समाप्त गर्ने निर्णय सार्वजनिक गरेको छ । अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र विवाद उत्पन्न गर्न सक्ने सामाजिक तथा सांस्कृतिक विषयहरूमा जोड दिएको उल्लेख गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता, टैमी ब्रुसले एक विज्ञप्ति जारी गर्दै युनेस्कोको हालको कार्यप्रवृत्ति अमेरिका अनुकूल नरहेको र संस्था राष्ट्रिय हितसँग मेल नखाने दिशामा अघि बढेको बताए। उनले युनेस्कोले पछिल्लो समय संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरूप्रति बढी केन्द्रित भई विश्वव्यापी विचारधारात्मक विषयहरू अघि सारेको टिप्पणी गरे ।
साथै, युनेस्कोले प्यालेस्टाइनलाई सदस्य राष्ट्रको रूपमा स्वीकार गरेको निर्णयप्रति गम्भीर असन्तोष व्यक्त गर्दै उक्त कदमले इजरायलविरोधी धारणा फैलाउने जोखिम बढाएको बताउनुभयो । युनेस्कोले आफूलाई शिक्षा, विज्ञान र संस्कृतिको माध्यमबाट अन्तर्राष्ट्रिय सहयोग र समझदारी प्रवद्र्धन गर्ने संस्था भएको जनाएको छ ।
यो संस्थाले विश्व सम्पदा सूचीको व्यवस्थापन गर्दै आएको छ, जसअन्तर्गत ग्रेट बेरियर रीफ (अष्ट्रेलिया), सेरेन्गेटी (तान्जानिया), एथेन्स एक्रोपोलिस (युनान) र मिस्रका पिरामिडहरूजस्ता स्थलहरू समावेश छन् । अमेरिकाको युनेस्कोबाट बाहिरिने निर्णय पहिलोपटक भने होइन । सन् १९८० को दशकमा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले संस्था भ्रष्ट र सोभियत समर्थक भएको आरोप लगाउँदै अमेरिका सदस्यता छाडेका थिए ।
पछि, राष्ट्रपति जर्ज डब्लु. बुसको कार्यकालमा अमेरिका पुनः युनेस्कोमा फर्किएको थियो । हालैका वर्षहरूमा पनि युनेस्कोप्रति अमेरिका आलोचनात्मक रहँदै आएको थियो । सन् २०१७ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले सदस्यता छाड्ने निर्णय गरेका थिए, जुन निर्णय राष्ट्रपति जो बाइडेनले उल्ट्याउँदै अमेरिकालाई पुनः सदस्य बनाएका थिए । अब, ट्रम्पको नेतृत्वमा अमेरिका पुनः युनेस्कोबाट बाहिरिएको हो ।
















मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया