धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

म्याग्दी (बेनी) । यहाँको धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा सङ्घीय सरकारबाट प्राप्त रु ५४ लाख बजेटबाट गाउँपालिकाले मुदीस्थित इटाली आधार शिविरदेखि स्वीस क्याम्प हुँदै जापनिज क्याम्प क्षेत्रमा पदमार्ग निर्माण गरेको हो ।
विनियोजित बजेट रु ४९ लाख तथा समुदायको रु पाँच लाख बराबरको श्रमदानबाट करिब साढे छ किलोमिटर पदमार्ग निर्माण गरिएको धौलागिरि हिमाल आरोहण पदमार्ग निर्माण उपभोक्ता समितिका सचिव कुलबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार, सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा पदमार्ग निर्माण गरिएको हो । पदमार्गसँगै दुई वटा काठे पुल र दुई वटा चौतारा समेत निर्माण गरिएको छ ।
पदमार्गमा भ्रमणमा आउने पर्यटकको सहजताका लागि चार ठाउँमा सूचना बोर्ड र पाँच ठाउँमा सङ्केत बोर्ड राखिएको सचिव घर्तीले जानकारी दिए । आरोहण, धौलागिरिको फन्को मार्न र आधार शिविरसम्म पदयात्राका लागि आउने पर्यटकको सुविधाका लागि पदमार्ग, पुललगायतका पूर्वाधार निर्माण गरिएका हुन् ।
करिब एक किलोमिटर ढुङ्गाको सिँढी निर्माण गरिएको गाउँपालिकाका सवइञ्जिनियर जनक धानुकले जानकारी दिए । “अप्ठेरो र साँघुरो घोरेटो बाटोलाई फराकिलो बनाइएको छ, स्वीसदेखि जापनिज क्याम्प क्षेत्रमा ग्लेसियरको कारण कठिन मानिएको ठाउँमा पदमार्ग बनाइएको छ, पुरानो जीर्ण पदमार्गलाई सुधार गरेपछि पर्यटक आवतजावत गर्न सजिलो भएको छ”, उनले भने ।
धौलागिरि पदमार्गअन्तर्गत दोभानमा बाढीले भत्किएको पदमार्ग समेत पुननिर्माण गरिएको छभने चौरवनको फेदीमा पदमार्ग निर्माण गरिएको छ । यस पदमार्गअन्तर्गत इटाली आधार शिविरदेखि छेउवन जोड्ने म्याग्दी खोला, तलेत्रेखोला, कैँचीभिरे खोला लगायत आधा दर्जन बढी स्थानमा झोलुङ्गे पुलको अभाव छ ।
यस पदमार्गअन्तर्गत भिर र जङ्गलको जोखिमपूर्ण बाटोलाई फराकिलो बनाएर सुरक्षित र स्तरीय बनाउने कामलाई प्राथमिकतामा राखिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । उनले गउँपालिकाले पर्यटन पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिएको बताउँदै यस वर्ष एक वडा एक पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले अभियान सञ्चालन गर्ने जानकारी दिए ।
















पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया