निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ

चितवन। चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा निकुञ्जसम्बन्धी विभिन्न कसुरमा चार सय ४२ जनालाई पक्राउ गरी कारबाही गरेको छ। वनसम्बन्धी अपराधमा दुई सय ६६ र वन्यजन्तुसम्बन्धी अपराधमा एक सय ७६ जनालाई पक्राउ गरिएको हो।
गैँडा मुद्दामा आठ, बाघसम्बन्धी मुद्दामा एक, बँदेलका २६, पन्क्षीका तीन, सालकका पाँच, माछाका एक सय २६, ढुङ्गागिट्टि, बालुवाका पाँच, घाँसदाउँराका एक सय ४१ र निगुरोका ८७ जनालाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगर बताए। अनुमतिबिना निकुञ्जभित्र प्रवेश गर्ने २३, निकुञ्जको निषेधित क्षेत्रमा प्रवेश गर्ने छ, हिउँचितुवा कसुरमा दुई, चितुवामा पाँच र च्याउसम्बन्धी कसुरमा चार जनालाई पक्राउ गरी कारबाही गरिएको उनले जानकारी दिए।
पक्राउ परेकाविरुद्ध विभिन्न २६ वटा मुद्दा दर्ता भएका बताउँदै मगरले जिल्ला अदालतमा चार वटा र अन्य मुद्दा निकुञ्ज कार्यालयमा दर्ता भएका जानकारी दिए। अदालतमा दर्ता गरिएका मुद्दामा सालक, गैँडा, बाघसम्बन्धी रहेका छन्।
निकुञ्जले दर्ता गरेका मुद्दामध्ये १४ वटाको फैसला गरिएको छ। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका २७ वटा मुद्दासहित ती मुद्दा फैसला गरिएको उनले बताए। उनका अनुसार चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरी आएका २६ वटा मुद्दा रहेका छन्।












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया