उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी
मेरोन्यूज
२०८२ साउन १० गते ११:४०

उदयपुर– एक वर्षमा झण्डै साढे आठ हजार जनाले राहदानी लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार आर्थिक वर्ष २०८१ को साउनदेखि २०८२ को असार मसान्तसम्ममा जिल्लाभरिबाट आठ हजार ३६५ जनाले राहदानी लिएका हुन् ।
राहदानी लिनेमध्ये पुरुषको सङ्ख्या बढी रहेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । राहदानी लिनेहरुमा पाँच हजार ६४२ जना पुरूष रहेका छन् भने दुई हजार ७२२ जना महिला रहेका छन् ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार वैदेशिक रोजगारीमा जाने प्रयोजनकै लागि राहदानी बनाएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा र श्रमको मूल्य नपाउँदा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या निरन्तर वृद्धि हुँदै गएको जिल्लाका जानकारहरूले बताउँदै आएका छन् । (रासस)
सम्बन्धित
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया