मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी तथा मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर शंखमूलमा भव्य उद्घाटन

काठमाडाैं । शंखमूलस्थित मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी तथा मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको भव्य उद्घाटन समारोह एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ ।
सौन्दर्य सेवा र व्यावसायिक तालिमको क्षेत्रमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित सुरु गरिएको यस केन्द्रको उद्घाटनमा चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लोकप्रिय गायिका अन्जु पन्त, चर्चित अभिनेत्री निता ढुंगाना, सामाजिक सञ्जालमार्फत चर्चामा रहेकी टिकटक स्टार मिस पवि, मोडेल तथा अभिनेत्री झरना रिसाल, मोडेल सन्ध्या घतानी लगायतका कलाकारहरूको विशेष सहभागिता रहेको थियो ।

उक्त उद्घाटन समारोहमा बोल्दै मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर की सञ्चालिका गीता गिरीले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र गुणस्तरीय सौन्दर्य सेवा प्रदान गर्ने तथा सौन्दर्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख लक्ष्य रहेको बताइन् ।

उनले तालिम केन्द्रमार्फत युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगारमा सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरिन् ।
मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी ले सौन्दर्य सेवासँगै अनुहार, छाला, शरीर र सौन्दर्य सम्बन्धी अन्य समग्र सेवा तथा तालिम समेट्ने योजनासमेत अघि सारेको छ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया