मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी तथा मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर शंखमूलमा भव्य उद्घाटन

काठमाडाैं । शंखमूलस्थित मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी तथा मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको भव्य उद्घाटन समारोह एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ ।
सौन्दर्य सेवा र व्यावसायिक तालिमको क्षेत्रमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित सुरु गरिएको यस केन्द्रको उद्घाटनमा चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लोकप्रिय गायिका अन्जु पन्त, चर्चित अभिनेत्री निता ढुंगाना, सामाजिक सञ्जालमार्फत चर्चामा रहेकी टिकटक स्टार मिस पवि, मोडेल तथा अभिनेत्री झरना रिसाल, मोडेल सन्ध्या घतानी लगायतका कलाकारहरूको विशेष सहभागिता रहेको थियो ।

उक्त उद्घाटन समारोहमा बोल्दै मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर की सञ्चालिका गीता गिरीले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र गुणस्तरीय सौन्दर्य सेवा प्रदान गर्ने तथा सौन्दर्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख लक्ष्य रहेको बताइन् ।

उनले तालिम केन्द्रमार्फत युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगारमा सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरिन् ।
मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी ले सौन्दर्य सेवासँगै अनुहार, छाला, शरीर र सौन्दर्य सम्बन्धी अन्य समग्र सेवा तथा तालिम समेट्ने योजनासमेत अघि सारेको छ ।
















सर्लाहीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया