सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखीकरण तालिम

काठमाडौं। लियो क्लब अफ काठमाडौं सौहार्दले कान्तिपुर इन्टरनेशनल कलेजसँगको सहकार्यमा ‘सौहार्द करियर फेस्ट २०२५’ कार्यक्रम सम्पन्न गरेको छ । सौहार्दले कक्षा १२को परिक्षा दिएर बसेका झण्डै १५० जना विद्यार्थीलाई अभिमूखिकरण तालिम दिएको हो ।
विद्यार्थीहरुलाई ‘प्लस टु’ पछि भविष्यमा के गर्दा राम्रो हुन्छ ? अध्ययन गर्नको लागि कुन विषय छनौट गर्दा राम्रो हुन्छ ? आफूमा भएको क्षमतालाई कसरी निखार्दै लैजाने ? भन्ने विषयमा परामर्श दिनको लागि उक्त कार्यक्रम आयोजना गरेको हो ।
यसका साथै सेयर बजार, स्वस्थ खानपान, एआई, च्याट जिपिटि, फ्रिलाइन्सिङ, इन्टेरियर डिजाइनलगायतका विषयमा सम्बन्धित क्षेत्रका विज्ञद्वारा तालिम पनि दिएको थियो । शनिबार काठमाडौंको इन्द्रेणी बैङ्क्वेटमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा सहभागी विद्यार्थीले धेरै नयाँ कुरा सिन्न पाउँदा खुसी व्यक्त गरेका थिए । ‘कार्यक्रममा दिएको तालिम एकदम राम्रो छ । मैले धेरै कुरा सिक्न पाए । अब १२ को रिजल्ट आएपछि मैले आफूलाई मनमा लागेको र मेरो लागि राम्रो हुने विषय छानेर पढ्छु । यस्तै कार्यक्रम भयो भने म फेरी पनि आउनेछु।’ कार्यक्रममा आएका एक विद्यार्थीले आफ्नो अनुभव सुनाए ।
कार्यक्रम सोचेको भन्दा राम्रो र उपलब्धीमूलक भएको भन्दै उपस्थित विद्यार्थीको नाममा छिट्टै वृक्षरोपण पनि गर्ने लयो क्लब अफ काठमाडौं सौहार्दले प्रतिवद्धता जनाएको छ । साथै, काठमाडौं इन्टरनेशनल कलेजका सिइओ प्रताप राज जोशीले विद्यार्थीलाई आफूलाई रुची भएको विषय छानेर पढ्नको लागि प्रोत्साहन गरेका छन् । ‘विदेशमा जस्तै विभिन्न विद्यामा नेपालमा पनि पढ्न पाइन्छ । यही पढेर पनि सफल व्यक्ति बन्न सकिन्छ । विदेश नै जानुपर्छ भन्ने जरुरी छैन । पढ्दा चाहिँ आफूलाई रुची भएको विषय छानेर बढ्नुपर्छ र त्यसमा धेरै भन्दा धेरै मिहिनेत गर्यो भने अवश्य सफल भइन्छ ।’ भन्दै सिइओ जोशीले विद्यार्थीमा थप प्रेरणा र उत्साह भरेका छन् । विद्यार्थी अभिमूखीकरण कार्यक्रम एकदमै उपलब्धीमूलक हुने भएकाले समय समयमा यस्ता कार्यक्रम गर्नुपर्ने र त्यसमा कलेज प्रशासनले पनि सक्दो सहयोग गर्ने उनले बताए ।
















चितवनमा व्यावसायिक रुपमा उत्पादित तरकारीले पाएन मूल्य
जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया