वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार गर्न सकिने बताएका छन् । आज वीर अस्पतालको १३६ औँ वार्षिकोत्सव समारोहमा उहाँले उक्त अस्पताललाई सुधार्न राज्यले सबै सुधारका प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री पौडेलले भने, “नेपालको स्वास्थ्य क्षेत्रको तस्बिर वीर अस्पताल हेरे पुग्छ । वीरलाई सुधार्न सकियो भने मात्र स्वास्थ्य क्षेत्रको सुधार हुनेछ । त्यसैले यहाँ आवश्यक उपकरणलगायत पूर्वाधार उपलब्ध गराउन मन्त्रालयले हदैसम्मको प्रयास गर्नेछ ।”
उनले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने भन्दै त्यसका लागि थप लगानी आवश्यक रहेको बताउनुभयो । “स्वास्थ्य क्षेत्र सुधार नभएको होइन, तर पूर्ण रूपमा सुधार हुन सकेको छैन । त्यसैले यसमा सबै गम्भीर बन्नुपर्छ”, पौडेलले भने ।
उनले भदौ महिनासम्म सबै अस्पतालको स्वास्थ्य बिमा रकम फरफारक गर्ने प्रयास भइरहेको जानकारी दिए । अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माले अस्पतालको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गर्दै बहिरङ्ग सेवा (नयाँ तथा पुरानो) अनलाइनमा समेत गरी छ लाख ४७ हजार २१५ जना, आकस्मिक सेवा ३५ हजार १४१ र अन्तरङ्ग सेवा २१ हजार २२४, शल्यक्रिया सेवा २६ हजार ४४६ ले लिएको जानकारी गराए । अस्पतालमा दैनिक करिब दुई हजार ५०० सयभन्दा बढीले सेवा लिने गरेका उनले बताए ।
अस्पतालमा सघन उपचारका लागि बहु–विशिष्टिकृत ७२ सघन उपचार श्यया तथा ३८ ‘हाइ–डिपेन्डेन्सी युनिट’ रहेका छन् । डा शर्माले वीर अस्पताल देशको गौरवका रूपमा रहेको बताउँदै यस संस्थालाई केन्द्रीय रिफरल तथा अध्ययन अनुसन्धानको केन्द्र बनाउन सबैको एकता तथा प्रतिबद्धता आवश्यक रहेको धारणा राखे । उनले भने, “अत्यावश्यक शीर्षकमा वार्षिक बजेटको कमी, स्वास्थ्य बिमा बोर्डबाट समयमै सोधभर्ना नहुनु तथा बढ्दो कमर्चारी परिवर्तनका साथै प्राविधिक जनशक्तिको स्वीकृत दरबन्दीको कमीले अस्पतालमा चुनौती थपिएको छ ।”
विसं १९४६ साउन १२ गते स्थापना भएको यो अस्पताल १५ श्ययाबाट सुरु भएकामा हाल स्वीकृत क्षमता ९६० रहेको छ । अस्पतालले हाल २२ वटा क्लिनिकल विभाग तथा तीन वटा क्लिनिकल युनिट (आँखा स्वास्थ्य, गाइनोकोलोजी, मानसिक रोग)मार्फत आधारभूत, विशेषज्ञ तथा अति विशिष्टिकृत सेवा प्रदान गर्दै आएको छ ।











रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया