वैकल्पिक उपाय अपनाएर भए पनि द्रूतमार्गलाई सम्पन्न गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक उपाय अपनाएर भए पनि काठमाडौं–तराई/मधेश द्रूतमार्गलाई सम्पन्न गर्नुपर्ने बताएका छन्।
आज सामाजिक सञ्जालमार्फत उनले उक्त सडकले काठमाडौंलाई एक घण्टामै तराईसँग जोड्ने भएकाले वैकल्पिक उपाय अपनाएर भए पनि उक्त सडकलाई सम्पन्न गर्नुपर्ने बताएका हुन्।
‘द्रूतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो। खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ। वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नुपर्ने छ। हामीसँग धेरै समय छैन, त्यसैले उपयुक्त उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु’, प्रधानमन्त्री ओलीले लेखेका छन्।
उनले काठमाडौं–तराई/मधेश द्रूतमार्ग मुलुकको रणनैतिक महत्त्वको सडक आयोजना भएकाले नेपाली सेनाले निर्माण गरिरहेको बताएको उल्लेख गरेका छन्।









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
प्रतिक्रिया