बागमतीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री लामा
मेरोन्यूज
२०८२ साउन १४ गते ९:५३

हेटौडा । कांग्रेसको प्रदेश सभा दल नेता गुमाएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । दल नेता गुमाएपछि सरकारको नेतृत्व छोडन दवाव परेपनि उनले सरकारको नेतृत्व नछोडने भन्दै मनित्रपरिषद् विस्तारको तयारी गरेका हुन् ।
उनीविरुद्द दल नेतामा अविश्वास प्रस्ताव दर्तापछि कांग्रेसकै ५ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । ति रिक्त पाँच मध्ये आज उनले ३ जना लाई मन्त्री बनाउने तयारी गरेका हुन् ।
मुख्यमन्त्री लामाले गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठ युवा तथा खेलकुद मन्त्री र गिता गुरुङ सहकारी तथा गरिबी निवारण मन्त्री बनाउने तयारी गरेका छन् । उनीहरुको सपथ ग्रहण समेत आजै गराउने गरी मुख्यमन्त्री अगाडी बढेको मुख्यमन्त्री स्रोतले जनाएको छ ।
सम्बन्धित
















बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया