राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक भैरहवामा जारी

भैरहवा (रुपन्देही) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा सुरु भएको छ ।
भैरहवाको रमादा होटलमा अहिले जारी बैठकमा पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्याल, पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत नेताहरू सहभागी छन् ।
संसद्को चालु अधिवेशनको समीक्षा, ‘कुलिङ अफ पिरियड’, संवैधानिक निकायको कामकारबाहीलगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बसेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । “अहिले संसद्मा जारी संसदीय गतिविधिको समीक्षा, ‘भिजिट भिसा’को आवरणमा भएको भ्रष्टाचारलाई सङ्ख्याको आधारमा सत्तापक्षले सुनुवाइ नगरेकोलगायत बहुआयामिक पक्षमा छलफल गर्नेछौँ”, उनले भने ।
सञ्चारकर्मीसँगको कुराकानीमा परियारले संसद्जस्तो सार्वभौम कानुन निर्माण गर्ने विधायिकामा पनि कार्यपालिकासहित पार्टीको हस्तक्षेपका विषयमा छलफल गरिने उल्लेख गरे । उनले भने, “संसद्मा निजामती सङ्घीय विधेयकमाथिको ‘कुलिङ अफ पिरियड’ का बारेमा पनि छलफल गर्नेछौँ ।”
रास्वपाले गरिरहेको हस्ताक्षर अभियानमा केन्द्रीय नेता तथा सांसदहरू भैरहवा आएको जनाउँदै परियारले लुम्बिनीमा पार्टीको समग्र संरचना निर्माण गर्ने, रुपन्देही ३ मा हुने उपनिर्वाचनलगायत समयसापेक्ष विषयमा छलफल हुने बताए ।
उनका अनुसार बैठकमा विशेषगरी बजेट अधिवेशनमा पार्टीको भूमिका, समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे छलफल हुनेछ ।
















निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल
ताप्लेजुङमा भूकम्प गयो
आज २०८२ साल माघ २७ गते मंगलबारको राशिफल
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
निर्वाचन २६ दिन बाँकीः चौतिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण
प्रतिक्रिया