माओवादी स्थायी कमिटी बैठकमा आज प्रचण्डले जवाफ दिने

, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबारदेखि जारी बैठक आज पनि बस्न लागेको हो ।
बैठक आजै सक्ने तयारी गरिएको छ । शनिबार र आइतबार धेरै सदस्यहरुले आफ्नो धाराणा राखिसकेकोले आज समापन गर्ने तयारी गरिएको माओवादीले जनाएको छ ।आजको बैठकमा महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्नेछन् ।
बाँकी रहेको गुरुङ र श्रेष्ठले धारणा राखेपछि दस्तावेदमाथि आएको धारणाबारे अध्यक्ष प्रचण्डले जवाफ दिनेछन् । उनले जवाफ दिएपछि आजै बैठक समापन गरिने उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा प्रचण्डको दस्तावेजमाथि उपमहासचिव जनार्दन शर्मा, सचिव रामकार्कीसहितका केहीले प्रश्न उठाए पनि समर्थन गरेका छन् । विशेष महाधिवेशनको प्रस्ताव गरेका शर्मालाई स्थायी कमिटी सदस्यहरुले आत्मालोचना गर्न सुझाव दिएका छन् ।










उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
आज २०८२ साल पुस २ गते बुधबारको राशिफल
बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया