माओवादी स्थायी कमिटी बैठकमा आज प्रचण्डले जवाफ दिने

, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबारदेखि जारी बैठक आज पनि बस्न लागेको हो ।
बैठक आजै सक्ने तयारी गरिएको छ । शनिबार र आइतबार धेरै सदस्यहरुले आफ्नो धाराणा राखिसकेकोले आज समापन गर्ने तयारी गरिएको माओवादीले जनाएको छ ।आजको बैठकमा महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्नेछन् ।
बाँकी रहेको गुरुङ र श्रेष्ठले धारणा राखेपछि दस्तावेदमाथि आएको धारणाबारे अध्यक्ष प्रचण्डले जवाफ दिनेछन् । उनले जवाफ दिएपछि आजै बैठक समापन गरिने उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा प्रचण्डको दस्तावेजमाथि उपमहासचिव जनार्दन शर्मा, सचिव रामकार्कीसहितका केहीले प्रश्न उठाए पनि समर्थन गरेका छन् । विशेष महाधिवेशनको प्रस्ताव गरेका शर्मालाई स्थायी कमिटी सदस्यहरुले आत्मालोचना गर्न सुझाव दिएका छन् ।
















वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया