नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर

काठमाडौँ । टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने उक्त एक्स्पोमा ‘टोयोटा मेगा अफर’ अन्तर्गत ग्राहकलाई विभिन्न आकर्षक सुविधा प्रदान गरिनेछ।
एक्स्पोमा टोयोटाका तीन लोकप्रिय मोडलहरू यारिस क्रस हाइब्रिड इलेक्ट्रिक, ल्यान्ड क्रुसर २५० लगायतका गाडीहरू प्रदर्शनीमा राखिनेछ। एक्स्पो अवधिभर टोयोटा गाडी बुक गर्ने ग्राहकले भारी छुट, टोयोटा प्ल्याटिनम कार्ड, जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवा लगायतका विशेष सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ।
त्यसैगरी, टोयोटाको स्टलमा आउने प्रत्येक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। यद्यपि यी अफरहरू एक्स्पो अवधिभर गाडी बुक गर्ने ग्राहकहरूका लागि मात्र लागू हुने कम्पनीले स्पष्ट पारेको छ।










एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
प्रतिक्रिया