बबई नदीको बीच भागमा फसेका दुई वृद्धको उद्धार

बर्दिया जिल्लाको गुलरिया नगरपापिका–५ बालापुरस्थित बबई नदीको बीच भागमा फसेका दुई जनाको साउन २० गते सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
सोही ठाउँ बस्ने ७५ वर्षिय मोतिलाल चौधरी र ६९ वर्षिय देवी प्रसाद थारु गाइवस्तु चराउन गएको समयमा एक्कासी पानीको बहाव बढेपछि सो नदिको बीच भागमा फसेका थिए।
सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक नविन थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरूलाई मोटर बोटको सहायताले सकुशल उद्वार गरेको हो।
सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उद्वार गरिएको दुवै जनाको अवस्था सामान्य छ ।
त्यसैगरी बबई नदिमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरू डुबान पर्न सक्ने र ती स्थानमा उद्धारका लागि सशस्त्र परिचालन गरिएको छ।
बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमल १७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको छ। जहा पानीको सतह ६ दशमल ८० पुगेपछि खतरा लेबल मानिन्छ।
डुबानमा पर्नसक्ने क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दिया मातहत र नं. ३२ रक्तकाली गण सुर्खेत मातहतको सुरक्षा फौज आवश्यक विपद् व्यवस्थापन सामाग्रीसहित तयारी हालतमा राखिएको डीएसपी थापाले जानकारी दिए ।

















दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसेमैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो
ललितपुरको दाउरा थकालीमा आगलागी
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
प्रतिक्रिया