शुभमन गिलले तोडे ३५ वर्ष पुरानो कीर्तिमान, बन्याे ६ नयाँ रेकर्ड

काठमाडौं । शुभमन गिलको कप्तानीमा भारतीय क्रिकेट टोलीले ‘द ओभल’ मा खेलिएको पाँचौं टेस्टमा ६ रनले जित हात पारेसँगै यस टेस्ट खेलको इनिङ्स पछि गिलले ३५ वर्ष पुरानो कीर्तिमान तोड्दै ठूलो उपलब्धि आफ्नो नाममा दर्ता गराएका छन् ।
फास्ट बलर मोहम्मद सिराज इंग्ल्याण्डमा भएको टेस्ट सिरिजमा भारतीयका लागि संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । हेर्नुहोस् यो टेस्ट खेलमा बनेका ६ ठूला रेकर्डहरूः
मोहम्मद सिराजले लिए २३ विकेटः
अन्तिम टेस्टका नायक बने फास्ट बलर सिराज, जसले दोस्रो इनिङ्समा पाँच विकेट लिएका थिए । अन्तिम दिन भारतलाई जितका लागि ४ विकेट चाहिएको थियो, जसमा सिराज एक्लैले ३ विकेट लिएका थिए । योसँगै मोहम्मद सिराजले यस सिरिजमा २३ विकेट लिएर बुमराहको कीर्तिमानको बराबरी गरेका छन् । इंग्ल्याण्डमा भारतीय बलरको यो उत्कृष्ट प्रदर्शन हो । बुमराहले २०२१–२२ मा २३ विकेट लिएका थिए।
एन्डरसन–तेन्दुलकर ट्रफीमा सर्वाधिक विकेट
यस सिरिजबाट सुरु भएको एन्डरसन–तेन्दुलकर सिरिजमा सबैभन्दा बढी विकेट लिने बलर पनि मोहम्मद सिराज नै हुन्। उनले ५ टेस्ट खेलेर २३ विकेट लिएका छन् । दोस्रो स्थानमा इङ्ल्यान्डका जोश टङ्गु छन्, जसले १९ विकेट लिएका छन् ।
भारतीय क्रिकेट टिमको सबैभन्दा नजिकको जित
‘द ओभल’ मा भारतीय टोलीले ६ रनले जित्यो, जुन टेस्ट क्रिकेटमा भारतको सबैभन्दा सानो रनको जित हो। यसअघि सन् २००४ मा भारतले अस्ट्रेलियाविरुद्ध मुम्बईमा भएको टेस्ट १३ रनले जितेको थियो ।
भारतले सिरिजमा बनायो ३८०९ रन
भारतले यस सिरिजमा ३ हजार ८०९ रन बनाएको छ, जुन ५ म्याचको टेस्ट सिरिजमा कुनै पनि टोलीले बनाएको भन्दा सबैभन्दा धेरै रन हो। इंग्ल्याण्डले भारत विरुद्धको लगातार चौथो सिरिज जित्न सकेको छैन ।
जो रुटले स्टिभ स्मिथको बराबरी गरे
जो रुटले पाँचौं टेस्टमा १०५ रन बनाए, जुन उनको भारतविरुद्धको टेस्टमा १३ औँ र १६औँ अन्तर्राष्ट्रिय शतक हो। उनले भारतविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने स्टिभ स्मिथको बराबरी गरेका छन् ।
शुभमन गिलले तोडे ३५ वर्ष पुरानो कीर्तिमान
भारतीय कप्तान शुभमन गिलले यस सिरिजमा ७ सय ५४ रन बनाएका छन्, जसले इंग्ल्याण्डका पूर्व कप्तान ग्राहम गुचको कीर्तिमान तोडेका छन् । गिल भारत र इंग्ल्याण्डबीचको टेस्ट सिरिजमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान गुचको नाममा थियो जसले सन् १९९० मा ७५२ रन बनाएका थिए ।














नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
प्रतिक्रिया