‘सायरा’ ले कमायो ५०० करोड बढी, बन्यो ‘लभस्टोरी’मा सबैभन्दा बढी कमाउने फिल्म

मुम्बई । आहान पाण्डे र अनित पड्डाको रोमान्टिक फिल्म ‘सायरा’ले अहिलेसम्म बक्स अफिसमा दबदबा बनाउन सफल भएको छ ।
फिल्म रिलिज भएको १९ दिन बितिसकेको छ तर दर्शक भने अझै पनि यसको पछि लागिरहेका छन् ।
‘सायरा’ को प्रोडक्सन हाउस यशराज फिल्म्सले फिल्मको विश्वव्यापी संग्रह इन्स्टाग्राममा शेयर गरेको छ । यशराज फिल्म्सले ‘सायरा’ को एक क्लिप सेयर गरेको छ, जसमा फिल्मको विश्वव्यापी कलेक्शन र भारतीय बक्स अफिस कलेक्शन पनि लेखिएको छ ।
जस अनुसार ‘सायरा’ले हालसम्म विश्वभर ५०७ करोडको आकर्षक कलेक्सन गरेको छ । योसँगै यसले भारतीय सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने प्रेमकथा फिल्मको उपाधि पनि जितेको छ ।
‘सायरा’ ले घरेलु बक्स अफिसमा पनि धमाकेदार कमाई गर्दै कीर्तिमान बनाएको हो । जुलाई १८ मा रिलिज भएको यो फिल्मले पहिलो हप्तामा १७२.७५ करोडको व्यापार गरेको थियो । दोस्रो हप्तामा पनि आहान पाण्डेको फिल्मले १०७.७५ करोड कमाएको थियो । अहिले १८ दिनमा ‘सायरा’ले जम्मा ३०८ करोड रुपैयाँ कलेक्सन गरेको छ ।
‘सायरा’ आहान पाण्डेको डेब्यु फिल्म हो, जसलाई मोहित सुरीले निर्देशन गरेका हुन् । फिल्ममा मुख्य अभिनेत्रीको भूमिकामा अनित पड्डा देखिएकी छिन । ‘सायरा’ ६० करोड भारुमा बनेको म्युजिकल रोमान्टिक फिल्म हो ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया