नाइमा नेपाल मोबिलिटी एक्स्पोमा अवालोकनकर्ताहरूलाई आकर्षित गर्दै बजाज चेतक इभि

काठमाडौँ । बजाज अटो लिमिटेड, नेपालमा बजाज टु ह्विलरको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को सहकार्यमा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा प्रतिष्ठित बजाज चेतक इभिको प्रदर्शन गरिएको छ ।
साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको एक्स्पोमा ब्रान्डले आगन्तुकहरूलाई चेतक इभिको टाइमलेस डिजाइन र स्मार्ट विद्युतीय सुविधाहरू अनुभव गर्न आग्रह गरेको छ ।
नाइमा एक्स्पो २०२५ मा, बजाजको विशेष चेतक इभि स्टलमा आगन्तुकहरूले चेतक २५०१ विद्युतीय स्कूटरसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने अवसर पाउने बताइएको छ । साथै, यसको डिजाइन, निर्माण र कार्यक्षमतामा फस्र्ट ह्यान्डको अनुभव गर्न पनि सकिनेछ ।
प्रदर्शनीमा चार्जिङ क्षमताहरू, स्माट टिएफटी डिस्प्ले, र उन्नत सुरक्षा कार्यक्षमताहरू जस्ता प्रमुख सुविधाहरूको प्रत्यक्ष प्रदर्शन गरिनेछ । सहभागीहरूले टेस्ट राइडहरूको लागि दर्ता गर्ने र स्थलमै बुकिङ गर्ने अवसर पनि पाउनेछन् ।
प्रदर्शनीमा यस सहभागिताले देशको बढ्दो इभि समुदायसँग प्रत्यक्ष संलग्न हुँदै नेपालमा विद्युतीय मोबिलिटीलाई बलियो बनाउन बजाजको निरन्तर प्रतिबद्धतालाई दर्शाउने कम्पनीको दावी छ ।
गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छा भन्छन्, “हामी बजाज चेतक इभिलाई नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ल्याउन उत्साहित थियौँ । चेतक नेपालका धेरै घरधनीहरूको लागि एक भावनात्मक ब्रान्ड हो, र यसको विद्युतीय संस्करणले त्यो धरोहरलाई नवाचार, बौद्धिकता र पर्यावरणीय जिम्मेवारीसँग जोड्नेछ। यो उपस्थितिले मानिसहरूलाई चेतकको भविष्यलाई व्यक्तिगत रूपमा अनुभव गर्ने अवसर प्रदान गर्छ ।”
नाइमा एक्स्पोमा चेतक इभि स्टल
सशक्त डिजाइन, व्यावहारिक विद्युतीय प्रदर्शन र डिजिटल इन्टेलिजेन्स्सँग, बजाज चेतक इभि नाइमा २०२५ को एक प्रमुख आकर्षण बनेको कम्पनीको दावी छ । सबै इभि उत्साही र सम्भावित सवारहरूलाई चेतक स्टलमा भ्रमण गर्न, टेस्ट राइड बुक गर्न र बजाजसँग शहरी यात्रा भविष्यको अन्वेषण गर्न कम्पनीले आग्रह गरेको छ ।
बजाज चेतक इभि
चेतक ३५०१ बजाजको प्रमुख विद्युतीय स्कूटर हो, जसले रेट्रो–मोडर्न स्टाइलिङलाई अत्याधुनिक इभि प्रविधिसँग जोड्दछ ।
यो एकल चार्जमा १५३ किमीको प्रमाणित दायरा प्रदान गर्दछ, जसले यसलाई शहरी यात्रा र विस्तारित सवारी दुबैका लागि आदर्श बनाउँछ । यो सम्पूर्ण मेटल बडीबाट बनाइएको र आइपिसिक्स सेभने मूल्याङ्कन गरिएको स्कूटरलाई सबै मौसमको अवस्थाहरूमा भरपर्दो प्रदर्शन गर्न डिजाइन गरिएको छ । यसको ५ इन्च टिएफटि स्मार्ट कन्सोलले नेभिगेसन,म्यूजिक कन्ट्रोल र कल ह्यान्डलिङ सुविधा छ, जसले सवारी अनुभवलाई सहज बनाउँछ ।
अतिरिक्त सुविधाहरू जस्तै कीलेस एक्सेस, जियो–फेन्सिङ, दुर्घटना सूचनाहरू र एन्टी थेफ्ट सुरक्षा सुविधा समेत छ ।
३५ लिटरको अन्डर–सीट स्टोरेज र छिटो चार्जिङ क्षमतासँगै ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म ३ घण्टामा चार्ज गर्दछ ।

















इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानमा आक्रमणकाे विराेध गर्दै चिनिया विदेशमन्त्रीकाे इजरायलका विदेशमन्त्रीलाई फाेन
निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया