मोर्बिडेली नेपालद्वारा टी ३५२ एक्स र टी २५२ एक्स मोटरसाइकल सार्वजनिक

काठमाडौं। मोर्बिडेली नेपालले NAIMA नेपाल मोबिलिटी एक्स्पो 2025 मा T352X र T252X मोटरसाइकलहरू भव्य रूपमा सार्वजनिक मोर्बिडेली नेपालले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी NAIMA नेपाल मोबिलिटी एक्स्पो 2025 मा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू — T352X र T252X — पहिलो पटक भव्य रूपमा सार्वजनिक गरेको छ।
इटालियन डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा निर्मित यी मोटरसाइकलहरू नेपालको भू-भाग र सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएका छन्।मोर्बिडेली T352X: उच्च प्रदर्शन र साहसिक क्षमताT352X एक मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो जसले नेपालको कठिन भू-भागमा भरपर्दो र सन्तुलित सवारी अनुभव प्रदान गर्छ।
MORBIDELLI T352X प्रमुख विशेषताहरू: ३४९.२ सीसी ट्विन-सिलिन्डर, ८-भल्भ इन्जिन: ४०.९ एचपी @ ८,५०० आरपीएम र ३१.५ एनएम टर्क छ भने ६-स्पीड गियरबक्स, बोश डुअल च्यानल ABS, स्लिपर क्लच, र ७-इन्च TFT डिस्प्ले (मोर्बिडेली कनेक्ट एपसँग एकीकृत)छ ।
साथै उत्कृष्ट ह्यान्डलिङ: पिरेली स्कॉर्पियन टायर, USD फ्रन्ट फोर्क, मल्टि-लिङ्क रियर सस्पेन्सन, र १८ लिटरको इन्धन ट्याङ्कउपलब्ध छ ।
MORBIDELLI T352X शोरूम मूल्य: रू. ९,९७,०००/- रहेको छ भने NAIMA नेपाल मोबिलिटी एक्स्पो 2025 मा बुक गर्दा मूल्य: रू. ९,२३ ,००० /- मा पाउन सकिन्छ।
मोर्बिडेली T252X: स्टाइल, सहजता र किफायती मूल्य T252X विशेष गरी युवा र प्रारम्भिक स्तरका राइडरहरूलाई लक्षित गरी डिजाइन गरिएको छ, जसले शहरी सवारीमा उत्कृष्ट प्रदर्शन र स्टाइल प्रदान गर्छ।
यसका प्रमुख विशेषताहरू: २४९ सीसी ट्विन-सिलिन्डर, लिक्विड-कूल्ड इन्जिन — ३३.५ एचपी @ १२,००० आरपीएम र २१.५ एनएम टर्क रहेको छ भने ६-स्पीड गियरबक्स, डुअल च्यानल ABS, स्लिपर क्लच रहेको छ साथै १७ इन्च एलोय ह्वील, USD फ्रन्ट फोर्क, TFT डिस्प्लेउपलब्ध छ।
नेपाली राइडरहरूका लागि प्रतिबद्धता मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिंग म्यानेजर नवराज घिमिरेले भने, “T352X र T252X मार्फत हामी नेपाली बाइकरहरूलाई अन्तर्राष्ट्रिय स्तरको साहसिक अनुभव प्रदान गर्न प्रतिबद्ध छौं। यी मोटरसाइकलहरूले नेपालको सडक र अफ-रोड दुवैमा रोमाञ्चक यात्रा सुनिश्चित गर्नेछन्।”
घिमिरेले बिक्री पछिको सेवामा उच्च प्राथमिकता दिँदै स्पेयर पार्ट्सको सहज उपलब्धता र सेवा गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे।
विशेष अफर र छुटNAIMA नेपाल मोबिलिटी एक्स्पो 2025 मा मोर्बिडेली र बेनेलिका अन्य मोडलहरू विशेष छुटका साथ बुकिङ गर्न सकिनेछ। साथै बेनेलिका मोडलहरूमा १ लाख रुपैयाँसम्मको छुट उपलब्ध छ।
मोर्बिडेलीको स्टल नं. C5 मा आगन्तुकहरूले निःशुल्क टेस्ट राइड, विशेष छुट, र आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।थप जानकारीका लागिअफर र मोटरसाइकलहरूको बारेमा विस्तृत जानकारीका लागि ९८०१२३९९३६ मा सम्पर्क गर्न सकिने छ।









टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा
नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन सुरु
एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया